२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: प्लाटिनम कलेजका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरिएको छ ।

त्रिभुवन विमानस्थलबाट बरामत १४ किलो सुन प्रकरणमा गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक अधिकारीले जानकारी दिए ।

२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौँ ल्याईएको १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेका थिए । गिरोहले ल्याएको सुन अध्यागमन कर्मचारीको मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकै क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग पनि देखिएपछि जिल्ला अदालत, काठमाडौंमामा उनलाई प्रतिवादी बनाइएर मुद्दा दायर गरिएको थियो ।