२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । 

आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत पुगेका उनीहरु राति मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । “करिब ८०÷९० को सङ्ख्यामा रहेका उनीहरु खुला चौरमा बसेकाले प्रहरीले सुरक्षा दिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले गाँस, बास र कपासको माग गर्न प्रदेश सरकारसँग आएको बताएका छन् ।” 

दुल्लु नगरपालिका–१ दैलेखका हिक्मत बादीले भारी बोक्दै र माछा मार्दै चलाइएको जीविका गाह्रो हुँदै गएको र जमीन पनि नभएकाले तिनको व्यवस्थाका लागि सरकारसँग माग गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई नदी किनारामा बालुवा निकाल्न बन्देज लगाइयो । जीवन चलाउन कठिन भयो । कोरोना महामारीले झन् ठूलो सङ्कट बनाउँदा अन्ततः शरीर नै  बेच्नुपर्ने बाध्यता आइलागेका कारण हामीलाई गाँस, बास मिलाइदेओस् भनी प्रदेश सरकारको शरणमा आएका छौँ ।” माग पूरा नभएसम्म जिल्ला नफर्कने बादीले बताउनुभयो । 

उनीहरुले प्रदेश सरकारसँग सुरक्षित आवास र खेतीपाती गर्ने जमीनको माग गर्ने बताएका छन् । उनीहरुका साथमा साना बालबालिकासँगै वृद्धवृद्धासमेत रहेका छन्  । दैलेखमा ११२ घरधुरीमा ४०२ जनसङ्ख्या बादी समुदायको रहेको बताइएको छ ।