• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य



काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १७३रनको सामान्य लक्ष्य दिएको छ ।

किर्तीपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नेपालको लागि कुशल भुर्तेलले अर्धशतकिय ईनिङ खेले । उनले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए । उनी बाहेक नेपालका अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

नेपालको लागि करण केसिले २७ बलमा एक चौका र दुई छक्कासहित २६ रन बनाए । यस्तै, आरीफ शेखले २२ रन बनाउदा आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । गुल्सन झाले ५ रन बनाउदा दीपेन्द्रसिंह ऐरीले एक र भीम सार्की शुन्य रनमा आउट भए ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले समान तीन/तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।