५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १७३रनको सामान्य लक्ष्य दिएको छ ।

किर्तीपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नेपालको लागि कुशल भुर्तेलले अर्धशतकिय ईनिङ खेले । उनले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए । उनी बाहेक नेपालका अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

नेपालको लागि करण केसिले २७ बलमा एक चौका र दुई छक्कासहित २६ रन बनाए । यस्तै, आरीफ शेखले २२ रन बनाउदा आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । गुल्सन झाले ५ रन बनाउदा दीपेन्द्रसिंह ऐरीले एक र भीम सार्की शुन्य रनमा आउट भए ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले समान तीन/तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।