८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित



file photo
अ+ अ-

डोटी । जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ ।

 जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुईवटा बाख्रा चितुवा मारेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।” 

चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी त्रसीत बनेका छन् । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।” 

स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजिकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन् ।