२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र जापानी राजदूतबीच बिदाइ भेट



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।