काठमाडौ । सर्वोच्च अदालतले फागुन २४ गते भित्र प्रतिनिधिसभाको बैठक आह्वान गर्न परमादेश जारी गरेको छ ।
प्रतिनिधिसभा बिघटन गर्ने निर्णयलाई बदर गर्दै सर्वाेच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो ।
सभामुख अग्नि सापकोटाले जवाफ पेश गर्ने क्रममा प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको दाबी गर्दै निर्णय बदर हुनु पर्ने र प्रतिनिधिसभाको बैठक बस्ने मिति समेत सर्वाेच्चले तोक्नु पर्ने माग गर्नु भएको थियो ।











