२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्थडेमा ओलीलाई सर्वाेच्चको ‘सरप्राइज’



अ+ अ-

काठमाडाैंः आज फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन हो । केपी ओलीले आज बालुवाटारमा जन्मदिन मनाएका छन् । उनलाई शुभकामना दिन शुभचिन्तक तथा मन्त्रीहरु बालुवाटार पुगेका थिए । विशेष कार्यक्रम गरेर उनले बलुवाटारमा जन्मोत्सव मनाइरहँदा यता सर्वाेच्च अदालतमा भने उनलाई बडो अनौठो र तीतो लाग्ने निर्णय भएको छ ।

सर्वाेच्च अदालतले  प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय सुनाएको छ । प्रधानमन्त्री ओलीले भंग गरेको संसद करिब ३५ दिनपछि पुनर्स्थापना गरिदिएको छ । यो सुनेपछि प्रधानमन्त्रीको प्रतिक्रिया त केही आएको छैन तर उनले अहिलेसम्म बडो ग्यारेन्टीका साथ संसद पुनर्स्थापना कुनै पनि हालतमा नहुने बताएका थिए ।

उनले यसरी सुनिश्चितता गर्दै नेकपाबाट आफ्नो पक्षमा नेताहरु पार्ने, मन्त्री दिने तथा अरु लाभका पदमा पनि लोभ्याइरहेका थिए । यसकारण नेकपाभित्र उनको पक्षमा नेताहरु लाग्न थालेका थिए । 

निर्वाचन आयोगलाई निर्वाचनको काम अघि बढाउन भनिएको थियो भने सूर्य चिन्ह पनि आफ्नो पक्षमा आउने भन्दै व्यापक प्रचार गरेका थिए । तर परिस्थिति त्यस्तो रहेन । आज परिस्थिति फेरिएको छ । आज उनले भनेको र सोचेको भन्दै अर्कै भएको छ । 

अबका दिनमा राजनीतिक परिदृश्य कसरी अघि बढ्छ भन्ने कुरा अहिल्यै भन्न त सकिन्न । तर पनि आज ओलीलाई भने सर्वाेच्चले सरप्राइज दिएको छ । 
उनले भंग गरेको संसद सर्वाेच्च अदालतले पुनर्स्थापना गरिदिएको छ ।