२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सर्वाेच्चको फैसलापछि सुरक्षा ‘हाइ अलर्ट’, संकटकालको पनि आशंका

सर्वाेच्चको फैसलापछि सुरक्षा ‘हाइ अलर्ट’, संकटकालको पनि आशंका
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले आज साँझ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई उल्टाइदिएको छ । यो फैसलालाई ओली पक्षीय नेकपाले भने अनपेक्षित भनेको छ । सर्वाेच्च्को यो फैसलासँगै सुरक्षा निकायलाई भने हाई अलर्टमा राखिएको छ । 

यसअघि नै नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने अनुमान सुरक्षा निकायले गरेको थिए । सोही आधारमा सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । 

सुरक्षा नकायले संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने आंकलन गरेको थियो । यसै विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

नेपाल प्रहरीले सशस्त्र प्रहरीको समेत समन्वयमा सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको सुरक्षा स्रोतले जनाएको छ । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको हो । 

उता कतिपयले नेपालमा संकटकाल पनि लाग्न सक्ने अनुमान गरेका छन् । यसै आधारमा हुनसक्ने कतिपय असुरक्षाको अवस्थालाई ध्यानमा राखेर पनि आज साँझ देखि नै राजधानी र उपत्यकाका कतिपय संवेदनशिल स्थानका साथै देशमा प्रमुख सहरहरुमा यस्तो सुरक्षा संयन्त्र बनाइएको हो ।