२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ पन्छाएपछि अवरुद्ध नाग्म गमगढी सडक पुनः सञ्चालन



lxpF kG5fP/ ;8s ;~rfng ul/Fb} d’u’ !! kmfu’g M dËnaf/ / a’waf/ k/]sf] lxpFn] cj?4 /x]sf] s0ff{nL /fhdfu{ cGtu{t gfUd–udu9L ;8s v08sf] emf8gfpnf,;ftdf]8, l;lK6rf}/ / a’na’n] If]qdf lxpF kG5fP/ ;8s ;~rfng ub}{ ;8s l8lehg sfof{no h’Dnfsf ;8s /Ifs / :sfe]6/ . tl:a/ M g[k]G›axfb’/ dNn÷/f;;
अ+ अ-

मुगु । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो ।

मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो । बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिनुभयो । उहाँका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।

हिउँद र वर्षाका समयमा दुई÷तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक/दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।

प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताउनुभयो । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ । रासस