२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

प्रचण्डले माधव नेपाललाई लड्डु खुवाएपछि…

प्रचण्डले माधव नेपाललाई लड्डु खुवाएपछि…
अ अ+ अ-

आज साँझ सर्वाेच्च अदालतले संसदको पुनस्थापना गर्ने फैसला सुनाएपछि नेकपाको प्रचण्ड र माधव समूहमा विशेष खुशियाली छाएको छ । त्यसको एउटा रन्को साँझ  प्रचण्ड निवास चितवनमा देखिएको छ । 

प्रचण्ड निवासमा दाहाल नेपाल खेमाका नेता कार्यकर्ताहरु जम्मा भएका थिए । उनीहरु एक आपासमा बधाई साटासाट गर्र्दै थिए । यत्तिकैमा एकजना पूर्व माओवादी नेता त्यहाँ भित्रिए र प्रचण्डलाई लड्डु खुवाए । 

त्यसपछि अर्काे लड्डु प्रचण्डले लिए र सो खेमाका अर्का नेता माधव नेपाललाई खुवाए । यो दृश्य बडो आकर्षक थियो । त्यतिबेला त्यहाँ उपस्थित भएका सयौँ नेता कार्यकर्ताले बेजोडका साथ ताली बजाएका थिए । 

यही प्याकेट फेरि माधव नेपालले लिए अनि फोटोका लागि संकेत गर्दै प्रचण्डलाई खुवाए । यी दुवै दृश्य रमाइला नै थिए । यी दृश्यहरुको फोटो खिच्नेहरु रमाएको देख्दा अझै रमाइलो लाग्दथ्यो । 

त्यसपछि लड्डुका अरु प्याकेट पनि भित्रिए र एकले अर्काेलाई खुवाउन थाले । त्यतिबेला भने प्रचण्ड निवास पार्टी कार्यालय जस्ते बन्न पुग्यो । कतिले होलीमा जस्तै आपसमा अविर दल्दै थिए भने केहीले लड्डु खुवाइरहेका देखिन्थे । 

यसैबीच निवास बाहिर नाराबाजी शुरु भयो दाहाल नेपाल जिन्दावाद, ओली मुर्दावाद । नाराबाजी भने त्यहाँ खटिएका प्रचण्डका सुरक्षाकर्मीहरुले नगर्न आग्रह गरे । पछि घरमा नाराबाजी नगरौ भनेर प्रचण्डले पनि भनेपछि रोकियो । 

तर सर्वाेच्चको आजको फैसलापछि त्यहाँ शुरु भएको खुशीको माहौल भने सामान्य थिएन । यो खबर पछि उता बालुवाटारमा शुरु भएको प्रधानमन्त्री केपी ओलीको बर्थडेको खुशियाली अकस्मात बन्द भएको थियो भने यता अबिरमा चम्किदै लड्डुमा गम्किएको थियो ।