२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहे नभएर हैरान भएका एक युवाको जुगाडः रिक्सामा आफ्नो पुरै परिचय टाँगेर हिँडे



अ+ अ-

एजेन्सी । विवाह एक महत्वपूर्ण प्रक्रिया हो । विवाहका लागि उमेर पनि तोकिएको छ । कसैले बिहे नगरेमा छिमेकी र आफन्तले गाली गर्न थाल्छन् । यसैबीच, भारतको मध्यप्रदेशको दमोहमा बस्ने एक ३० वर्षीय युवकसँग यस्तै भएको छ ।

ती तीस वर्षीय युवकको नाम दीपेन्द्र राठौर हो जसको विवाह भएको छैन । दीपेन्द्र राठौरले ई–रिक्सा चलाउँछन् । बिहे नभएपछि उनले अनौठो तरिका अपनाए ।

दीपेन्द्रले आफ्नो ई–रिक्सामा ठूलो होर्डिङ राखेका छन्, जसमा उनले आफ्नो पूर्ण विवरण दिएका छन् । यो होर्डिङमा उनले शिक्षा, उचाइ, रक्त समूह आदि लेखेका छन् । उनी इ–रिक्सामा सहर घुमिरहेका छन् ।

उनी जहाँ इ–रिक्सा लिएर जान्छन्, मानिसहरूले होर्डिङमा लेखिएको कुरा पढ्न थाल्छन् । यतिबेला उनी सहरमा चर्चाको विषय बनेका छन् । उनी ३० वर्ष पुगेपनि सम्बन्ध नआएको बताउँछन् । उनी बिहे गर्न चाहन्छन् । त्यसैले उनी त्यसो गर्न बाध्य छन् ।

होर्डिङमा उनले विशेष कुरा लेखेका छन् । उनले विवाहमा जात र धर्मको कुनै बन्देज नरहेको लेखेका छन् । जुनसुकै जात धर्मको केटी वा तिनका परिवारका सदस्यहरू उनीकहाँ विवाहको प्रस्ताव लिएर आउन सक्छन् ।

मिडिया रिपोर्टका अनुसार दीपेन्द्रले आफ्नो परिवारका सदस्यहरुले धेरै पटक आफ्नो विवाहको कुरा गरेको तर हरेक पटक कुनै न कुनै कारणले सम्बन्ध टुटेको बताए । बिहे नगरेको भन्दै मानिसहरुले उनलाई गाली गर्न थाले । जसका कारण उनले यो अनौठो बाटो अपनाएर रिक्साको पछाडि विवाहको बायोडाटा पोष्ट गरेका हुन् । अहिले दीपेन्द्रलाई धेरै सम्बन्धहरु आउने गरेको बताइन्छ ।