२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहे नभएर हैरान भएका एक युवाको जुगाडः रिक्सामा आफ्नो पुरै परिचय टाँगेर हिँडे



अ+ अ-

एजेन्सी । विवाह एक महत्वपूर्ण प्रक्रिया हो । विवाहका लागि उमेर पनि तोकिएको छ । कसैले बिहे नगरेमा छिमेकी र आफन्तले गाली गर्न थाल्छन् । यसैबीच, भारतको मध्यप्रदेशको दमोहमा बस्ने एक ३० वर्षीय युवकसँग यस्तै भएको छ ।

ती तीस वर्षीय युवकको नाम दीपेन्द्र राठौर हो जसको विवाह भएको छैन । दीपेन्द्र राठौरले ई–रिक्सा चलाउँछन् । बिहे नभएपछि उनले अनौठो तरिका अपनाए ।

दीपेन्द्रले आफ्नो ई–रिक्सामा ठूलो होर्डिङ राखेका छन्, जसमा उनले आफ्नो पूर्ण विवरण दिएका छन् । यो होर्डिङमा उनले शिक्षा, उचाइ, रक्त समूह आदि लेखेका छन् । उनी इ–रिक्सामा सहर घुमिरहेका छन् ।

उनी जहाँ इ–रिक्सा लिएर जान्छन्, मानिसहरूले होर्डिङमा लेखिएको कुरा पढ्न थाल्छन् । यतिबेला उनी सहरमा चर्चाको विषय बनेका छन् । उनी ३० वर्ष पुगेपनि सम्बन्ध नआएको बताउँछन् । उनी बिहे गर्न चाहन्छन् । त्यसैले उनी त्यसो गर्न बाध्य छन् ।

होर्डिङमा उनले विशेष कुरा लेखेका छन् । उनले विवाहमा जात र धर्मको कुनै बन्देज नरहेको लेखेका छन् । जुनसुकै जात धर्मको केटी वा तिनका परिवारका सदस्यहरू उनीकहाँ विवाहको प्रस्ताव लिएर आउन सक्छन् ।

मिडिया रिपोर्टका अनुसार दीपेन्द्रले आफ्नो परिवारका सदस्यहरुले धेरै पटक आफ्नो विवाहको कुरा गरेको तर हरेक पटक कुनै न कुनै कारणले सम्बन्ध टुटेको बताए । बिहे नगरेको भन्दै मानिसहरुले उनलाई गाली गर्न थाले । जसका कारण उनले यो अनौठो बाटो अपनाएर रिक्साको पछाडि विवाहको बायोडाटा पोष्ट गरेका हुन् । अहिले दीपेन्द्रलाई धेरै सम्बन्धहरु आउने गरेको बताइन्छ ।