१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले बोलाए संसदीय दलको र ओलीले बोलाए स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्ने भएको हो । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

हिजो (मंगलबार) सर्वोच्च अदालतले प्रम ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो । त्यस्तै यता नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पनि आज (बुधबार) संसदीय दलको बैठक आह्वान गरेको छ । सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा नेकपाको ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ।

हिजोको फैसलामा सर्वोच्चले १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

सो बैठकमा ओली समूहका सांसद सहभागी हुने या नहुने बारेमा केही बताएका छैनन् तर यसअघि जस्तै सबै सांसदलाई आमन्त्रण भने गरिएको समाचार स्रोतले बतायो ।