• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

लुक्ला जाँदै गरेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या, बाटोबाटै फर्काइयो



काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि फर्काइएको छ ।

एयर डाइनेष्टीको नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर आज बिहान काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो । तर ८ बजेर २३ मिनेटमा काठमाडौंमै ल्यान्ड गराइएको छ ।

आकाशमा पुगेपछि हेलिकोप्टरबाट प्राविधिक समस्या देखिएकाले काठमाडौंमै फर्काइउको हो । तर कस्तो प्राविधिक समस्या भन्ने खुलेको छैन ।