२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
अ अ+ अ-

टीकापुर । कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देख्नुभएको थियो तर उहाँलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी हुनुहन्थ्यो । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा कम्लहरी बन्नुपर्यो । “बुवाको मृत्युपछि घरमा अर्थाभाव शुरु भयो । हामीलाई पढाउनभन्दा आमालाई हाम्रा लागि खानाको जोहो गर्न नै समस्या हुन थाल्यो”, अस्मिताले भन्नुभयो, “पेट पाल्नकै लागि भए पनि कम्लहरी बस्नुपर्ने अवस्था आयो । आमाले कम्लहरी बसे पढाइमा पनि सघाउने घर खोज्नुभयो ।”

आमाले कम्लहरी बसे पढ्न पनि पाइन्छ भनेपछि कम्लहरी बस्न सहमत भएकी अस्मितालाई निराशा नै हात लाग्यो । कम्लहरी बसे पनि पढाइ छुट्यो । डेढ वर्षपछि अस्मितालाई कम्लहरी विकास मञ्च नामक संस्थाले उद्धार गरेर पुनः विद्यालय पढ्ने वातावरण मिलाइदियो । विसं २०६९ मा कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाँउमा छात्रवृत्तिमै पढ्ने अवसर पाउनुभयो । तर लामो समयसम्म पढाइ छाड्नुपरेकाले ५ कक्षा पढिसकेकी अस्मिताले फेरि कक्षा ३ मा भर्ना हुनुप¥यो । “मैले पहिले पढेका कुरा बिर्सिसकेकी थिएँँ । मलाई तल्लो कक्षा अर्थात् ३ कक्षामा भर्ना गरियो । मैले फेरि पढ्ने चाहना पूरा गर्ने अवसर पाएँ”, उहाँले भन्नुभयो, “पढाइमा लगन भए बाधा अप्ठेरा आए पनि विद्यार्थीलाई अघि बढ्नबाट रोक्न सक्दैन भनेजस्तै अवसर मेरो जीवनमा मिल्यो । म विस्तारै पढाइमा राम्रो बन्दै गएँ ।” अस्मिताले विसं २०७६ मा राम्रो अङ्क ल्याइ एसइई उत्तीर्ण गर्नुभयो । अहिले टीकापुरमा विज्ञान विषय लिएर पढ्दै हुुनुहुन्छ ।

अस्मिताजस्तै १५ वर्षीया करुणा बादी पनि सङ्घर्ष गर्दै पढाइलाई अगाडि बढाउँदै हुनुहुन्छ । कक्षा १० मा अध्ययनरत उहाँका बुवा पेशाले डकर्मी र आमा गृहणी हुनुहुन्छ । आठ जनाको संयुक्त परिवार । त्यसमा पनि चार जना विद्यालय जाने उमेरका । बुवाआमाकै काँधमा परिवारको पालनपोषणको जिम्मा भएकाले करुणालाई घरको कामको बोझ बढी छ । घरको काम गर्नुपर्ने, भाइ बहिनी स्याहार्नुपर्ने भएकाले करुणालाई पढाइका लागि समय निकाल्न हम्मेहम्मे पर्छ । “साँझ बिहान घरको काम गर्छु । आमाबुवा काम गर्न जान्छन्, मभन्दा पछिका भाइबहिनी पनि स्याहार्नुपर्छ”, करुणाले भन्नुभयो, “कामको व्यस्तताले कहिलेकाहीँ गृहकार्य पूरा गर्न कठिन हुन्छ । यस्तो गरिबीमा पनि बुवाआमाले हामीलाई पढाइरहनुभएको छ ।”
    
अभाव, समस्या झेलेर भए पनि अस्मिता र करुणाहरू पढ्दैछन् अघि बढ्दैछन् । घरमा कामको जिम्मेवारी, अर्थाभाव झेलेर पनि अध्ययन गरिरहेका छोरीका अभिभावकले छोरीको शिक्षाका लागि कठिन सङ्घर्ष गरेर भए पनि पढ्ने वातावरण मिलाइरहेका छन् । “कहिलेकाहीँ कापी किताब, कलम हुँदैन, बुवाआमाले ऋण गरेर भए पनि जोहो गरिदिनुहुन्छ”, करुणा भन्नुहुन्छ, “मलाई घरको काम गराउनु अभिभावकको पनि बाध्यता बनेको छ । उनीहरूले काम नगरे हाम्रो पेट नै भरिदैन ।”

नेपालको संविधानले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने व्यवस्था गरेको छ । अझ आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । तर विभिन्न समस्याले विद्यालय जान नसक्ने छोरीहरूलाई पढ्ने वातावरण बनाउने जिम्मा अभिभावक र सरकारले लिनुपर्ने कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माको भनाइ छ । “विपन्न समुदायका नानीबाबुका लागि सहज पढाइको वातावरणका लागि विद्यालय पनि जिम्मेवार बन्नुपर्छ”, प्रधानध्यापक शर्मा भन्नुहुन्छ, “हामीकहाँ धेरै विपन्न बालबालिका अध्ययन गर्छन् । हामी उनीहरूको मनोविज्ञान बुझेर पढाउने गर्छौँ । कतिपय बालबालिका घरबाट तनाव बोकेर विद्यालय आउँछन् । विद्यालयमा पनि तनाव झेल्नुपरे उनीहरूको हालत कस्तो होला भनेर हामीले बुझेका छौँ ।”

विभिन्न संस्कार र घरको कामको बोझ थुपारेर छोरीहरू शिक्षा लिनबाट बञ्चित भइरहेका छन् । छोरीलाई घरको काम बढी लगाइँदा वा पढ्ने उमेरका छोरीहरूको श्रमलाई आम्दानीसँग जोड्दा छोरीको शिक्षामा असर परेको छ । यसरी काममा लगाइँदा छोरीलाई परिवारबाटै शिक्षा आर्जनमा बाधा पुग्ने अधिकारकर्मी कल्पना उपाध्याय बताउनुहुन्छ । “यस्तो अप्ठेरोमा पनि छोरीहरू सङ्घर्ष गरेर शिक्षा आर्जन गरिरहेका छन् । छोरीहरूले सुख र दुःख एकअर्काको परिपूरक हुन् भनेर बुझेर सङ्घर्ष गरिरहेका छन्”, उहाँ भन्नुहुन्छ, “समस्या, अभाव र अप्ठ्याराका बीच भए पनि छोरीहरू पढे घर सुन्दर बन्छ । उनीहरू आफ्नो जीवन सहज चलाउन सक्षम हुन्छन् ।”

विगतमा छोरी पढाउनु हुँदैन भन्ने समाजमा निकै सङ्घर्ष गरेर पढेर शिक्षिका भएकी टीकापुर–८ स्थित त्रिभुवन मावि बटनपुरकी शिक्षिका जयसरा साउद अहिले छोरीहरूलाई विद्यालयसम्म ल्याउने माध्यम बनिरहनुभएको छ । “मैले विद्यालय पढ्दा छिमेकीले समेत कुरा काट्थे । ठूली भइसकेपछि म आफैँ विद्यालय भर्ना हुन आएकी थिएँ”, साउद सम्झनुहुन्छ, “म यही विद्यालयमा कक्षा १० सम्म पढेँ, ३० वर्षदेखि यही विद्यालयमा शिक्षण गरिरहेकी छु । हाल मलाई प्रेरणाका रूपमा लिनेहरू धेरै छन् । म नपढेको भए हाल यहाँ हुने थिइनँ ।”

छोरीहरूले पढ्नका लागि घर होस् या विद्यालयमा सजिलो हुनुपर्छ । छोरीका लागि सजिलो वातावरण बनाउन सरकारले विभिन्न प्रयाससमेत गरेको छ । स्थानीय सरकारले पनि छोरीहरूको शिक्षा सहजताका लागि विभिन्न कार्यक्रम गर्ने गरेका छन् । कठिन अवस्थामा पनि अध्ययन गरिरहेका छोरीको शिक्षामा सघाउन कैलालीको टीकापुर नगरपालिकाले उपमेयर छात्रवृत्ति, मेयर प्राविधिक छात्रवृत्तिजस्ता कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ ।  टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल चालु शैक्षिकसत्रदेखि कक्षा ८ सम्मको शिक्षा निःशुल्क गरेको बताउनुहुन्छ । “हामीले शिक्षा र स्वास्थ्यमा बढी लगानी गरेका छौँ । यस वर्षदेखि सामुदायिक विद्यालयमा कुनै पनि बहानामा उठाइने शुल्क बन्द गरेका छौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “निजी स्रोतका शिक्षकको तलब नगरपालिकाले दिन्छ, विद्यालय व्यवस्थापनका लागि चाहिने सबै खर्चसमेत नगरपालिकाले ब्यहोर्न थालेको छ । अब विद्यालयमा कुनै किसिमको शुल्क लिए कारवाही हुन्छ ।” (खोजी समाचार) रासस