• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपले जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न पाउने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएसँगै सन्दीपले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति पाएका हुन् । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले सन्दीपलाई सो अनुमति दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ ।

पुष २५ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको उक्त फैसला बदरको मागसहित सन्दीपले केही बेरअघि मात्रै उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन्।