२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर रु तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु १४ करोड एक लाख १० हजार छ सय ८८,जोशी हाइड्रोपावर रु आठ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक रु छ करोड ४० लाख ३८ हजार एक सय ८० र न्यादी ग्रुप पावरको रु छ करोड २४ लाख ४० हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु आठ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले पाँच दशमलव ७३ प्रतिशतले कमाएका छन् ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी सात दशमलव ६०, बाराही हाइड्रोपावर छ दशमलव ६७, पिपल्स पावर कम्पनी छ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । रासस