• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   महर्षि धनञ्जयगोत्री समाजको दोस्रो स्थापना दिवस सम्पन्न ★   नेपाल र युएईबीचको खेल पनि घरेलु मैदानमा नहुने ★   पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि… ★   भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु ★   बाल्यकालका साथी, मैदानमै मस्ती ★   गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ: प्रधानमन्त्री ★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता ★   जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर

गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो गाउँपालिकाको वडा नं ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले आज मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध रु ११ लाख ९४ हजार चार सय २६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । रासस