९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरबाट भरोसा र भेनस अस्पतालको अनुगमन, फोहोर व्यवस्थापन प्रणाली कमजोर



अ+ अ-

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो ।

भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी, प्रयोगशाला, भण्डारण कक्ष) २० लिटर क्षमताका अटोक्लेभ मेसिन राखेको छ । यो राम्रो पक्ष हो । यति राम्रो भइकन पनि उत्पादित फोहोर वर्गीकरण भएको छैन । फोहोर राख्ने बिनहरुमा रंग संकेत मिलेको छैन । भएका बिन पनि बाकस बनाएर लुकाइएको छ । फोहोर हाल्ने बिन त देखिने हुनुपर्छ नि, होइन? अनुगमन टोलीको प्रश्नमा अस्पतालकी नर्सिङ् सुपरीटेन्डेन्ट लिस्का महर्जनले भन्नुभयो, ‘फोहोर देखेर विरामी र आफन्तलाई नकारात्मक असर नपरोस् भनेर फोहोर राख्ने दराज बनाएका हौँ ।’ २५ वेडको अस्पतालमा कति फोहोर उत्पादन हुन्छ । अभिलेख राख्ने गरिएको छैन ।

मध्य बानेश्वरकै भेनस अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर छ । वर्गीकरण, ढुवानी, निर्मलीकरण र भण्डारण प्रणालीका हरेक ठाउँमा तत्काल सुधार गर्नु पर्ने अवस्था छ । भएको अटोक्लेभ मेसिन माथिल्लो तलामा छ । फोहोर भण्डारण कक्ष भूमिगत तलामा छ । यो उचित तरिका होइन । अटोक्लेभ मेसिन भूमिगत तलामा सार्नु, फोहोर स्रोतमै वर्गीकरण गर्नु, टोलीले जुनसुकै समयमा आउँदा पनि यति व्यवस्था भइसक्नु पर्ने कुरा भनेर फर्किएको छ ।

अनुगमनमा अपेक्षित अवस्था पाइएन । तत्काल सुधार नगर्ने हो भने कारवाहीको प्रक्रियामा जानु पर्ने हुन्छ । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्नुहुन्छ, ‘यो अनपेक्षित अवस्था हो ।’

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भन्नुभयो, ‘प्रक्रियाको कुनै एक ठाउँमा गल्ती भयो भने सामान्य फोहोरमा संक्रमित फोहोर मिसिने खतरा हुन्छ । यसकारण एक ठाउँमा राम्रो भएर मात्र पुग्दैंन ।