• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लिभरपुलको सहज जित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले चार गोल नै दोस्रो हाफमा गरेको हो ।

खेलको १२ औं मिनेटमा चिएडोजी ओग्बेनेले गोल गर्दै लुटनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा भ्यान डाइक, ५८ औं मिनेटमा कोडी गाक्पो, ७१ औं मिनेटमा लुइस डियाज र ९० औं मिनेटमा हार्भी एलिओटले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए ।

जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग चार अंकको अग्रता बनाएको छ । लिभरपुलको २६ खेलबाट ६० अंक छ । एक खेल कम खेलेको सिटीको ५६ अंक छ । लुटन भने २५ खेलबाट २० अंकका साथ १८ औं स्थानमा छ ।