८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क आँखा शिविर सम्पन्न



अ+ अ-

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ गोविन्दपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको पहलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीको समन्वय र माट्रिकाआई फाउन्डेसनको सहयोगमा सञ्चलित सो शिविरमा २५५ को आँखाको परीक्षण गराउँदा १४५ मा मोतिया बिन्दु फेला परेको टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्यामकुमार सोनारले बताउनुभयो । 

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको वीरगञ्जमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको केन्द्रीय सदस्य समानीले जानकारी दिनुभयो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उद्घाटन गर्नुभएको शिविरमा केन्द्रीय सदस्य समानी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पोखरिया नगरपालिका–७ गोविन्दपुरका वडाध्यक्ष नन्द कुर्मी, खलिल मियाँ, परमानन्द कुर्मीलगायतले बिरामीको आँखा परीक्षणमा सहजीकरण गर्नुभएको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । रासस