२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

निःशुल्क आँखा शिविर सम्पन्न

निःशुल्क आँखा शिविर सम्पन्न
अ अ+ अ-

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ गोविन्दपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको पहलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीको समन्वय र माट्रिकाआई फाउन्डेसनको सहयोगमा सञ्चलित सो शिविरमा २५५ को आँखाको परीक्षण गराउँदा १४५ मा मोतिया बिन्दु फेला परेको टैरीमाई युवा क्लब जगतपुरका उपाध्यक्ष राधेश्यामकुमार सोनारले बताउनुभयो । 

मोतिया बिन्दुको समस्या देखिएका बिरामीको वीरगञ्जमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको केन्द्रीय सदस्य समानीले जानकारी दिनुभयो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले उद्घाटन गर्नुभएको शिविरमा केन्द्रीय सदस्य समानी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, पोखरिया नगरपालिका–७ गोविन्दपुरका वडाध्यक्ष नन्द कुर्मी, खलिल मियाँ, परमानन्द कुर्मीलगायतले बिरामीको आँखा परीक्षणमा सहजीकरण गर्नुभएको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । रासस