४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङमा राम्रो गर्न नसक्दा हार बेहोरनुपर्यो, नेदरल्यान्ड्सविरूद्ध कमब्याक गर्छौ: कप्तान पौडेल



फाईल फोटो
अ+ अ-

काठमडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भयो । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १६८ रन जोडेर अलआउट भएको थियो । जुन लक्ष्य नामिबियाले नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

खेलपछि पत्रकारहरुसँग बोल्दै नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङमा राम्रो गर्न नसक्दा हार बेहोरनुपरेको बताए । उनले आफ्नो प्रदर्शन राम्रो हुन नसकेको भन्दै जिम्मेवारी लिने बताए । पावरप्लेमा तीन विकेट जाँदा तथा आफू र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले राम्रो स्कोर बनाउन कठिन भएको बताए ।

रोहितले त्रिवि मैदानमा टस जित्ने वा हार्नेभन्दा पनि नेपालले ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु परेको बताए । उनले नेपालको ब्याटिङ अडर स्पष्ट भएको तथा परिस्थिति अनुसारको अडर निर्माण गर्न नसकेको बताए । साथै, उनले नेपालले नेदरल्यान्ड्सविरूद्ध कमब्याक गर्ने प्रतिक्रिया दिए ।

यस्तै, नेपालका प्रशिक्षक मोन्टी देसाइले पहिले ब्याटिङ गर्नका लागि योजना बनाए पनि त्यसमा सफल नभएको बताए । १० ओभरको पहिलो पावरप्लेमा तीन विकेट गुमाए पनि कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरेको उनले बताए । कप्तान रोहित पौडेलसहितका मुख्य ब्याटर आफ्नो भूमिकामा केन्द्रित हुन नसकेको उनको भनाइ छ ।

मोन्टीले आरिफ शेखलाई बेञ्चमा राख्ने निर्णय गाह्रो भएको बताउँदै टिमको योजना अनुसार करण केसी लाई स्थान दिईएको बताए ।