२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘हल अफ फेम सिजन- २’ को सेमिफाईनल शुक्रबार

‘हल अफ फेम सिजन- २’ को सेमिफाईनल शुक्रबार
अ अ+ अ-

काठमाडौं । एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा 'हल अफ फेमको सिजन- २' निष्कर्षतिर अघि बढेको छ । गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सैयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए । ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ । टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन शुक्रबारको हल अफ फेमको एपिसोड हेर्नुपर्ने हुन्छ ।

हल अफ फेम प्रतिभा प्रोत्साहनका लागि नेपाल बाहिरबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो गायन प्रतियोगिता हो । यसको सेमिफाईनल र फाईनललाई भव्यताका साथ अघि बढाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले बताउनुभयो । योन्जनको भनाई थियो, 'पहिलो सिजन हामीले मेलबर्नमा मात्रै सीमित राखेर यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न कभर सेसन गरेका थियौं । दोश्रो सिजनमा आएर हामीले अनलाईनमार्फत विश्वभरका प्रतियोगीहरुलाई समेट्ने अवसर पायौं ।'

हल अफ फेम सिजन २ मा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमाल रहनुभएको छ । विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नै प्रतियोगितामा जोडिनुभएको छ भने दिप श्रेष्ठ धरानबाट स्टुडियोमा उपस्थित भई प्रतिस्पर्धीहरुको गायन प्रतिभाको मूल्यांकन गर्नुहुन्छ । हल अफ फेममा विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी छन् ।

'हल अफ फेम सिजन–२' मा वाइल्ड कार्डको इन्ट्री, को आउला सिधै सेमिफाईनलमा ?

नेपालकै पहिलो अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेम सिजन २ को फाइनल शनिबार हुँदैछ । छोटो समयमै नेपाली सांगीतीक क्षेत्रमा नयाँ प्रकारले तरंग ल्याउन सफल बिशुद्ध सांगीतीक प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमले तेह्रौँ एपिसोड यही साताको शुक्रबार हुँदैछ ।  टप ६ अटाउन सफल प्रतियोगीको नाम सार्वजनिक गर्दै सुरु हुने यो एपिसोडमा ७ जनाले टप ३ का लागि प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक एसिसोडमा केही न केही नयाँ तरिकाले दर्शकलाई मनोरञ्जन दिइरहेको हल अफ फेमको तेह्रौँ एपिसोडमा वाइल्ड कार्डको सुविधा ल्याएको छ । 'वाइल्ड कार्ड’ भन्नाले छनोट चरणमा पछि परेकामध्ये कुनै एक  प्रतिस्पर्धीलाई पुनः एक पटक मौका दिने सुविधाजनक कोटा हो । प्रोडक्सन टिम र निर्णायकहरुको मतका आधारमा यो अवसर प्रदान गर्ने प्रावधान छ । 

'टप ५' मा पुगेका तर विविध कारणले बाहिरिएकामध्ये एक जना प्रतिस्पर्धीले वाइल्ड कार्डको सविधा पाउँदैछन् । गायन भनेको कुनै प्राविधिक विषय होइन, सिर्जनाको विषय हो । कहिलेकाहीँ स्वास्थ्यका कारणले या अन्य कुनैपनि कारणले गायन प्रभावित हुन सक्छ । राम्रो सम्भावना रहेको व्यक्तिलाई कुनैपनि कारणले बाधा भयो भने पछि त्यस्तै सम्भावितमध्येबाट छनोट गरेर एकजनालाई हामीले अर्को एउटा मौका पनि दिन सक्छौं । यही नै वाईल्ड कार्ड ईन्ट्री हो ।' निर्णायक वरिष्ठ गायन दिप श्रेष्ठले जानकारी दिए । टप ६ सँगै वाईल्ड कार्ड ईन्ट्रीबाट को आउला ? यो अहिले कौतुहलताको विषय बनेको छ । यसको जवाफका लागि भने शुक्रबार राति नेपाली समय अनुसार ८ बजे प्रशारित हुने कार्यक्रमको एपीसोड हेर्नुपर्ने हुन्छ ।

विश्वभरी छरिएर रहेका नेपालीको आफु भित्रको गायन प्रतिभा प्रस्तुत गर्ने एउटै स्टेज बनेको हल अफ फेमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको छ । वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल निर्णायकको भूमिकामा हुनुहुन्छ । पूर्व मिसनेपाल सदिक्षा श्रेष्ठ र सुमन कार्कीले रोचक पारामा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजे कार्यक्रम हिमालय टेलिभिजनका साथै एमएनटीभी अष्ट्रेलियाका अन्य डिजिटल प्लेटफर्महरुमा प्रशारण गरिँदै आएको छ ।