३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको हो ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदामा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ । एमसीसीलाई पारित गर्न सदनमा दर्ता गरिएको भए पनि अहिलेसम्म टेबुल भएको छैन ।

यही माघ २६ गते बस्ने सदनको बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएको छ । हिजो आइतबार सदन बस्ने निर्धारण गरिएको भए पनि एमसीसीमा सहमति जुटाउन सदनको बैठकलाई पर सारिएको बताइएको छ । यद्यपि कोरोना सङ्क्रमणका कारण सदनको बैठक स्थगित गरिएको बताइएको थियो । अहिले गठबन्धन दलकै नेताहरुले एमसीसीबारे भिन्न भिन्न धारणा सार्वजनिक गर्दै आएका छन् ।