२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध
अ अ+ अ-

चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् ।

ती संस्थामध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौँमा रहेको छ । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेलमार्फत पठाइएको र आज प्रत्यक्षरूपमा बुझाइने बताउनुभयो । ती संस्थाले मन्त्रालयका दुवै जना सचिव, कृषि विभाग हरिहर भवन, पशु सेवा विभाग पशु क्वारेन्टिन महाशाखा हरिहर भवन र व्यावसायिक कीट विकास केन्द्रलाई बोधार्थ दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले मौरीको घार र गोला ल्याउन रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माइटजस्ता परजीवी रोग लागेर त्यहाँ दुःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ । त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुडसमेत देखिएको जनाइएको छ । यो रोग युरोपमा निकै फैलिएको र लाखौँ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाइएको छ ।  यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नुपर्ने र यसरी उपचार गरी उत्पादन गरिएका मह विकसित देशले प्रतिबन्ध लगाएकाले मौरीजन्य सामग्री ल्याउँदा त्यो पनि सँगै आउने विज्ञप्तिमा उल्लेख छ  । नेपालमा अहिलेसम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ “यस विषादीले मौरीका बच्चा र लार्भा कुहाउँछ ।”
 
भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टिबायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रिने र व्यवसाय धराशायी बन्ने जनाइएको छ । भारतबाट आउने उपजाति फरक प्रकारको भएकाले नेपालका मौरीको वंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि र विज्ञ र एशोसिएशनले सहमति दिएपछि मात्र नेपाल भित्र्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नुपर्ने मागसहित ती सङ्घ संस्थाले ज्ञापनपत्र बुझाएका हुन् । नेपालमा विसं २०५० बाट  व्यावसायिक मौरीपालन शुरु गरिएको हो । हाल एक लाख ७० हजार मौरीघारबाट वार्षिक ४५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको महासङ्घले जनाएको छ ।