• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
  •   Unicode
Logo
Latest
★   सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने ★   टीकापुरमा चितुवाको त्रास ★   हिमा नदी र मार्सी धान खेती, फोटोले नै खिच्यो प्रधानमन्त्री ओलीको मन ! ★   कर्णाली प्रदेशमा आज भारी वर्षा हुने, बाढी र पहिराेको चेतावनी ★   पूर्वमुख्यमन्त्री कार्कीले शौचालयमा थुनेर कुट्ने धम्की दिएपछि सचिव भट्टराईले गुहारे प्रशासन ★   नेपाल एसिया कपबाट बाहिरियो ★   प्रधानमन्त्री ओलीले भने– विद्युत् प्राधिकरणसँग मतभेद छैन, उद्योगीसँग बक्यौता उठाइन्छ ★   अमेरिकास्थित नेपालीको सहयोगमा अनाथ आश्रमका बालबालिकालाई स्कुल भ्यान ★   मदन पुरस्कारका लागि पाँच कृति छनोटमा ★   ‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन्

बारामा ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु, चार घाइते



काठमाडौं । बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा प्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा २ जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान र नुवाकोटको बिदुर नगरपालिका-९ कोल्नीका ३० वर्षीय सुजन मगराती रहेका छन् । उनीहरुको बारास्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल घाइते भएका छन् । उनीहरु सबैको सोही अस्पतालमा उपचार भइरहेको छ ।