२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल शुरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक बुधवार (आज) पनि जारी छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गर्नुभएका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो ।

मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदवावको खाकासहितको कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल शुरु गरिएको हो ।

एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूह बनाएको छ । समूहले प्रश्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । बैठकको शुरुमै अध्यक्ष ओलीले सरकार पूर्णत: असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।