१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल शुरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक बुधवार (आज) पनि जारी छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गर्नुभएका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो ।

मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदवावको खाकासहितको कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल शुरु गरिएको हो ।

एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूह बनाएको छ । समूहले प्रश्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । बैठकको शुरुमै अध्यक्ष ओलीले सरकार पूर्णत: असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।