१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काँग्रेस महासमिति बैठक: चार समूह बनाएर छलफल शुरु

काँग्रेस महासमिति बैठक: चार समूह बनाएर छलफल शुरु
काठमाडौँ ८ फागुन : नेपाली कांग्रेसको फागुन ७ गतेदेखि ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मङ्गलबार जारी महासमिति बैठकको बन्द सत्रमा सहभागी पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरु । तस्बिर : हरिराम भेटवाल/रासस
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चार वटा समूह बनाएर छलफल शुरु भएको छ ।

बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँच वटा प्रपतवेदनमाथि छलफल शुरु भएको हो ।

काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन् । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकमा मंगलवार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो । छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो ।

बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमश: सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।