१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–नेपाल र जसपाका नेताहरुबिच पेरिसडाँडामा छलफल



अ+ अ-

काठमाडौं । आज नेकपाको प्रचण्ड–नेपाल समूहले पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको छ । संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग सत्ता साझेदारीको विषयमा छलफल थालेको हो । 

नेकपाको प्रचण्ड–नेपाल समूहले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेको हो । जसपाले राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

यतिबेला प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ ।