२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ बाट प्रसारण हुँदै



अ+ अ-

काठमाडौं । लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनको दोस्रो सिजन शुरु हुने भएको छ । बुधबार काठमाडौमा एक कार्यक्रमबीच कमेडी च्याम्पियन सिजन २ को प्रसारण हुने मितिक घोषणा गरेको हो। सो सिजन फागुन २१ गतेबाट टेलिभिजनमा प्रशारण हुने तय भएको छ। 

कमेडी च्याम्पियनको दोस्रो सिजन अब कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । उक्त सिजनको लागि भदौ १५ गतेबाट सुरु डिजिटल अडिसन भएको थियो । अडिसनबाट ६ हजार भन्दा बढी सहभागी मध्य फिजिकल अडिसनबाट २४ जनालाई छनोट गरिएको छ । 

विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियनको पहिलो सिजन पनि दर्शकले रुचाएका थिए । त्यस्तै दोस्रो सिजनमा कमेडी च्याम्पियन कार्यक्रमका निर्माता विशाल भण्डारीसँगै जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ ।