२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोशीका मुख्यमन्त्री कार्की आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ गर्दै

कोशीका मुख्यमन्त्री कार्की आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ गर्दै
मुख्यमन्त्री केदार कार्की
अ अ+ अ-

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ ।

यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताउनुभयो । कार्यक्रमको आयोजना कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो ।

जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ । पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ । बुधबार बिहान ७ बजे मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम छ ।

“जङ्गली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्नेछ”, उहाँले भन्नुभयो, “मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर माननीय मुख्यमन्त्रीज्यूले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्नुहुनेछ ।” झापामा विगत चार दशकदेखि जङ्गली हात्तीबाट स्थानीयवासी पिरोलिएका छन् । पछिल्ला दिनमा यो समस्या मोरङ र सुनसरीमा समेत विस्तार भएपछि प्रदेश सरकारले न्यूनीकरणका विषयमा चासो व्यक्त गरेको मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीको धारणा छ ।

यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

दोस्रो दिन झापाकै दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई वृक्षरोपण हुँदै पदयात्रा टोली चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने भएको छ । तेस्रो दिन दमक–२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, लेटाङ–४ को त्रिवेणी, जनसेवा हुँदै कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ ।

चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटीझोडा साझेदारी वन हुँदै खोर्साने र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने कार्यक्रम तय भएको छ । पाँचौँ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, व्यापारी घाँरी हुँदै डुङ्गाबाट कोशी नदी तरेर श्रीलङ्का टापु हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उहाँले जानकारी दिनुभयो ।

छैटौँ दिन आमवासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा र सातौँ दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौँ दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।

यसैबीच, हात्ती पीडित बाहुनडाँगीवासीका तर्फबाट सर्वपक्षीय टोलीले पदयात्रामा आउनु हुने मुख्यमन्त्री कार्कीलाई मागपत्र पेस गर्ने कार्यक्रम रहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । रासस