• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

पहिरन तथा तालिबानको आदेशका कारण अफगान महिला एक्लै बाहिर जान डराउँछन्



इस्लामावाद । युएन मिसनको रिपोर्टअनुसार अफगानिस्तानमा तालिबानको आदेश, बोझिलो पहिरन तथा अभिभावक माथि लादिएको अभियानको कारण अफगान महिला एक्लै आफ्नो घर छोड्न डराउँने गरेको देखाएको छ ।

कतारको राजधानी दोहामा आयोजित बैठक अघि जारी गरिएको रिपोर्टमा सदस्य राष्ट्र र अफगानिस्तानका लागि विशेष दूतहरूले तालिबानसँग संलग्नता बारे छलफल गर्ने अपेक्षा गरेको छ ।

तालिबानले सन् २०२१ मा सत्ता सम्हालेपछि महिलालाई सार्वजनिक जीवनका अधिकांश क्षेत्रहरूमा प्रतिबन्ध लगाउदै केटीहरूलाई छ कक्षा भन्दा माथिको शिक्षाको पहुँच निषेध गरेको छ ।

महिलाहरूको काम, यात्रा र स्वास्थ्य सेवाको पहुँचसमेत प्रतिबन्ध गरी अविवाहित वा पुरुष अभिभावक नभएकाहरुसमेतलाई तालिबानको अभियानको पालना नगरे पक्राउ गरिरहेको छ ।

रिपोर्टले गिरफ्तारी, उत्पीडन र धम्किपूर्ण आदेश लागु गरिएको उल्लेख गरेको छ । महिलालाई गिरफ्तारी धम्की, प्रहरी हिरासत जानुपर्ने दीर्घकालीन कलङ्क र लाजका कारण सार्वजनिक स्थानमा जान डर बढ्दै गएको जनाएको छ ।

रिपोर्टका लागि अन्तरवार्तामा सहभागी अधिकाशं महिलाले पुरुष अभिभावक वा संरक्षक बिना घरबाट बाहिर निस्कन असुरक्षित महसुस गरेको बताएका छन् । महिलालाई लक्षित गरी नयाँ आदेश घोषणा गर्दा उनीहरूको सुरक्षा र चिन्ताको जोखिम बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो खालको प्रतिबन्दले घर बाहिर जाने उत्पे्ररणा तथा फुर्सदको क्षणको आनन्द लिने सम्भावनासमेत घटेर जाने रिपोर्टले जनाएको छ ।

केही महिलाले दिएको जानकारीअनुसार पुरुष पनि महिलासँग घर छोड्न डराउने र अनिच्छुक रहेकाले उनीहरूमा तालिबानको व्यापक तथा मानवता विरोधी उत्पीडनको पर्दाफास भइरहेको छ ।

रिपोर्टको टिप्पणीका लागि तालिबानको नैतिकता प्रहरी आदेश लागू गर्न मन्त्रालयबाट तुरुन्तै उपलब्ध भएनन् ।

मानवअधिकार निगरानीकी हिथर बारले एसोसिएटेड प्रेसलाई अफगान महिलाको साथ नदिई घर छोड्ने डर हानिकारक र विनाशकारी भएता पनि आश्चर्य जनक नभएको बताउनुभएको छ ।

महिलाहरूलाई घरबाट बाहिर निस्कनबाट डराउनु तालिबानको विशेष लक्ष्य जस्तो देखिएको उहाँले बताउनुभयो ।

दोहामा आयोजित सो छलफलमा यो विषयले प्रश्न खडा गरेको उहाँले बताउनुउँदै बैठकको उद्देश्य सङ्कटको मात्रा नभई विश्वभरका महिलाका लागि आश्चर्य जनक भन्नुभयो ।

अफगानिस्तानका लागि इयु दूतले गत वर्ष तालिबानलाई चेतावनी दिँदै महिलामाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म स्वात्त देशको वैध सरकारको अन्तर्राष्ट्रिय मान्यता असम्भव रहने बताउनुभएको थियो ।