१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग

किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग
फाइल फोटो
अ अ+ अ-

बेलबारी । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ । पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत कात्तिक १४ गते स्रोत नखुलेको रु २१ लख ८७ हजार सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमानाका नजिकैबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो।

हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालोधन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गुप्ता र साह हाल फरार भएका छन् ।

सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्‍याउने गर्दै गरेको प्रहरीको आशङ्का छ ।

जिल्ला प्रहरीले स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित सुनसरीका देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गवाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टे«र्डस देवनगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टी भएको प्रवक्ता दाहालले बताउनुभयो ।

केही समयअघि विराटनगर–१५ का धर्मानन्द साहलाई स्रोत नखुलेको रु चार लाख ७५ हजार र सोही ठाउँका रन्जीत साहलाई पनि स्रोत नखुलेको रु नौ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवैजना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो । अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जु–३ का २४ वर्षीय उमाकान्त रायलाई पनि गत असोजमा स्रोत नखुलेको रु १० लाखसहित परेका थिए । पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताउनुभयो