२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नाघ्यो



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

मन्त्रालयकाअनुसार इजरायली सेनाले पछिल्लो २४ घण्टामा १०७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने थप १४५ जना घाइते भएका छन् । यो पछिल्लो अपडेटले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि २९ हजार ९२ जनाको मृत्यु र ६९ हजार २८ घाइते भएको जनाएको छ ।

भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामा हमासको आक्रमणको बिरुद्धमा बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ ।