२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्नु: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको एकमात्र एजेण्डा एमालेको बदनाम गर्ने मात्र रहेको बताएका छन् । मंगलबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले गठबन्धन पूर्णत असफल भएको दाबी समेत गरे । उनले भने, ‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’ ।

अध्यक्ष ओलीले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।

उनले २०५८ सालमै राजतन्त्रको अन्त्य भएपछि केही मानिस फेरि राजतन्त्र ल्याउन तम्सिनुमा सत्ता गठबन्धनको असफलता कारक रहेको बताए । ‘,उनले भने, ‘गठबन्धनको क्षमता नहुनु एउटा कुरा हो । तर जानीबुझी अर्को अपराध एमालेलाई होचो देखाएर जालीझेली प्रचार चलाए । यस गठबन्धनले भित्रभित्र साम्प्रदायिक विद्वेष र पहिचानका नाममा अराजकता मच्चाएका छन् ।’