३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 5.14

Humidity: 29

Latest
मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल विधेयकमा स्थानीय तहको वित्तिय स्वायत्ततामा असर पर्ने प्रावधान राख्नु हुँदैन सांसदहरु नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएका छौँः मन्त्री गुरुङ जब पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो… (भिडियोसहित) पीडितको वचत फिर्ता गराउन सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँः सांसद सुवाल अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पक्राउ परे प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो: प्रमुख सचेतक शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमा सुशासन र विदेशमा नेपाल चिनाउने काम गरेँ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा सुशासन कायम गर्ने र विदेशमा नेपाललाई चिनाउने काम गरेको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेको गोरखा पत्रकार समाजका प्रतिनिधि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो “देशमा सुशासनका लागि गरिएका काम कारबाहीहरु त यहाँहरुले देख्नु नै भएको छ । कति वर्ष पुराना भ्रष्टाचारका मुद्दाको फाइल अध्ययन गरिएको छ र तिनीमार्फत् देशमा सुशासन कायम गर्ने काम गरिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यो सुशासनको अभियानलाई अझै अघि बढाइने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नक्कली भुटानी नागरिक प्रकरणदेखि लिएर अहिले बाँसबारी जग्गाका विषयसम्म पनि यही सरकारले गरेको हो भन्नुभयो ।
आफूले आफ्नो पछिल्लो कार्यकालको दोस्रो बर्ष सुरु भएपछि कार्यशैली परिवर्तन गर्छु भनेको र सोही बमोजिम आफू अघि बढेको उहाँको भनाई थियो ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आफूले विदेशमा नेपाललाई चिनाउने काम गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो “यहाँहरुदे देखिराख्नुभएको छ । संयुक्त राष्ट्रसंघदेखि विभिन्न विदेशी फोरममा आफू उपस्थित भएर नेपालका कुरा गरेको र विश्व समुदायको ध्यान नेपालप्रति तान्न हामी सफल भएका छौँ र त्यो वातावरण मैले बनाएको छु ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको वातावरण बनाएर आफूले नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न भएको परिस्थितिका बारेमा विश्वलाई नै जानकारी गराउन सफल भएको उहाँको दाबी थियो ।

सोही भ्रमणपछि नै दुबइमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालको मात्र चर्चा भएको सबैले देखेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “विभिन्न फोरममा आफू नेपालको प्रधानमन्त्रीका हैसियतले जाँदा विदेश भ्रमणमा मात्र गएको भनेर आलोचना गर्ने गरेको भए पनि त्यसको परिणाम राष्ट्रका लागि राम्रो छ, मैले विदेशमा नेपाल चिनाउने नै काम गरेको छु ।”