२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमा सुशासन र विदेशमा नेपाल चिनाउने काम गरेँ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा सुशासन कायम गर्ने र विदेशमा नेपाललाई चिनाउने काम गरेको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेको गोरखा पत्रकार समाजका प्रतिनिधि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो “देशमा सुशासनका लागि गरिएका काम कारबाहीहरु त यहाँहरुले देख्नु नै भएको छ । कति वर्ष पुराना भ्रष्टाचारका मुद्दाको फाइल अध्ययन गरिएको छ र तिनीमार्फत् देशमा सुशासन कायम गर्ने काम गरिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा यो सुशासनको अभियानलाई अझै अघि बढाइने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नक्कली भुटानी नागरिक प्रकरणदेखि लिएर अहिले बाँसबारी जग्गाका विषयसम्म पनि यही सरकारले गरेको हो भन्नुभयो ।
आफूले आफ्नो पछिल्लो कार्यकालको दोस्रो बर्ष सुरु भएपछि कार्यशैली परिवर्तन गर्छु भनेको र सोही बमोजिम आफू अघि बढेको उहाँको भनाई थियो ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आफूले विदेशमा नेपाललाई चिनाउने काम गरेको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो “यहाँहरुदे देखिराख्नुभएको छ । संयुक्त राष्ट्रसंघदेखि विभिन्न विदेशी फोरममा आफू उपस्थित भएर नेपालका कुरा गरेको र विश्व समुदायको ध्यान नेपालप्रति तान्न हामी सफल भएका छौँ र त्यो वातावरण मैले बनाएको छु ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणको वातावरण बनाएर आफूले नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न भएको परिस्थितिका बारेमा विश्वलाई नै जानकारी गराउन सफल भएको उहाँको दाबी थियो ।

सोही भ्रमणपछि नै दुबइमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालको मात्र चर्चा भएको सबैले देखेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “विभिन्न फोरममा आफू नेपालको प्रधानमन्त्रीका हैसियतले जाँदा विदेश भ्रमणमा मात्र गएको भनेर आलोचना गर्ने गरेको भए पनि त्यसको परिणाम राष्ट्रका लागि राम्रो छ, मैले विदेशमा नेपाल चिनाउने नै काम गरेको छु ।”