७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतै तपाईमा विद्युतीय चुरोटले केही हानी गर्दैन भन्ने भ्रम त छैन ? जान्नुहोस् वास्तविकता



अ+ अ-

काठमाडौं । युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा समेत कतिपयले विद्युतीय चुरोटको लत बसाउँछन् भने कतिपयले फेसनकै रूपमा विद्युतीय चुरोट सेवन गर्छन् । युवक मात्र होइन, युवतीमा पनि विद्युतीय चुरोटको लत बस्न थालेको चिकित्सकको अनुभव छ ।

विद्यालय तथा कलेजका कतिपय छात्रछात्रासमेत विद्युतीय चुरोटको कुलतमा पर्न थालेका छन् । यस्तो चुरोटको प्रयोगले फोक्सोमा समस्या उत्पन्न हुने छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीले बताए । पछिल्ला केही अध्ययनले ई–चुरोटको सेवनकै कारण पनि किशोरकिशोरीको मृत्यु हुने गरेको पाइएको उनले जानकारी दिए । डा. कार्कीले भने, “यो विभिन्न रासायनिक वस्तुको मिश्रणले बनेका कारण फोक्सोमा विभिन्न समस्या आउनुका साथै ज्यानै जानेसमेत रहन्छ ।”

सुर्तीजन्य वस्तुको सेवनले जीवन नाश गर्नु नै हो त्यसमा पनि भेपिङ अथवा ई–चुरोटको प्रयोग नगर्न सुझाव दिँदै उनले ई–चुरोटमा निकोटिनको मात्रा बढी हुने भएकाले अरू चुरोटमा हुने हानिकारक तत्त्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्ने जानकारी दिए । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले कुनै पनि सुर्तीजन्य वस्तुहरूले मुटुमा असर गर्ने स्पष्ट गर्दै ई–चुरोट पिउनेहरूमा हृदयाघातको सम्भावना ५६ प्रतिशत बढी रहने जानकारी दिए । उनले लामो समयसम्म विद्युतीय चुरोट पिउनेहरूमा रगतसँग सम्बन्धित समस्या देखिनुका साथै चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले रक्तचापमा गडबढ गर्ने बताए ।

सामान्य चुरोट छोड्नका लागि भेप प्रयोग पनि गर्ने गर्छन् तर भेप प्रयोग गर्नु भनेको गलत बुझाइ हो भन्दै डा। कोइरालाले भने, “यो विभिन्न रासायनिक तत्त्वको मिश्रणबाट बन्ने भएकाले यो पनि उत्तिकै हानिकारक छ । परम्परागत चुरोट र ई–चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानि हुने गर्छ । गोरखापत्र दैनिकमा समाचार छ ।