९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा विस्तार गर्ने



अ+ अ-

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो ।

मन्त्रालयको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको जानकारी दिए । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको जानकारी दिँदै उनले भने, “अबको दुई महिनाभित्र भण्डारण केन्द्र स्थापना कार्य सम्पन्न हुनेछन् ।”

एउटा केन्द्रको निर्माण लागत एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल लागत नौ करोड ६० लाख रुपियाँमा केन्द्र स्थापना हुन लागेको उनले जानकारी दिए । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् । गोरखापत्र दैनिकमा समाचार छ ।