१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने



file photo: can
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीले भारतमा दुई भारतीय घरेलु टोलीसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ । नेपालले गुजरात र बरोडासँग खेल्ने भएको हो ।

गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्डसिप कप त्रिकोणात्मक टि–२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

३१ मार्चदेखि सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ ।

नेपालले जुनमा खेल्ने टि–२० विश्वकप अघि त्रिकोणात्मक सिरिज खेलेर अनुभव लिन लागेको हो । सिरिजका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।