• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छः भुवन केसी



हेटौंडा । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ ।

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमवार मकवानपुरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताउनु भयो । उहाँले नेपाली चलचित्रलाई विश्वमाझ पुर्याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनु भयो । उहाँले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।