१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय गन्तव्य अपेक्षा

अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय गन्तव्य अपेक्षा
अ अ+ अ-

कास्की । पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको रु ७० लाखको लगानीमा निर्माण गरिएको उक्त पार्क आज पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त पार्कमा संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित एक सय ९७ वटा झण्डा राखिएका छन् ।

प्रत्येक देशको झण्डामुनि सो देशले संयुक्त राष्ट्र सङ्घमा सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ । त्यसैगरी पार्कको बिचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ ।

महानगर प्रमुख धनराज आचार्यले उक्त पार्क उद्घाटन गर्दै यसले पोखराको नयाँ पर्यटकीय गन्तव्य बढाउने बताउनुभयो । विश्वका सबै देशका झण्डा एकै ठाउँमा राख्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उहाँको भनाइ थियो । महानगर प्रमुख आचार्यले भन्नुभयो,“पोखरामा संसारभरका पर्यटक आउँछन् । यहाँ आएर आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व महशुस हुन्छ । यसले पोखराको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्नेछ ।”

झण्डा पार्क सामाजिक विषयका विद्यार्थीका लागि समेत अध्ययन अवलोकनकाको गन्तव्य बन्न सक्ने भएको छ । महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयलाई एक दिन सो पार्कमा विद्यार्थीलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ । सेती नदीको दृश्यावलोकनसहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाइँ अवधि बढाउनसमेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ ।

लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउँदै यस महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

पोखरा आफँैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको उहाँको भनाइ थियो । “यो पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसङ्घको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ”, अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले भन्नुभयो ।

महानगरपालिकाको वडा नं९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटक बजार क्षेत्रमा रहेको महेन्द्रपुलमा पनि आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो ।

महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँबायाँ रहेका पुराना भवन भत्काएर उक्त पार्कका साथै सार्वजनिक शौचालय पनि निर्माण गरको थियो । रासस