• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ

काँग्रेस नेताहरु भन्छन्: जनताको अवस्थामा सुधार ल्याउन महासमिति बैठकले ठोस नीति तय गर्छ



काठमाडौँ । मुलुकलाई संकटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास नेपाली काँग्रेसका महासमिति सदस्यहरुले गरेका छन् ।

सोमवारबाट गोदावरीमा शुरु भएको चार दिने महासमिति बैठकमा भाग लिन पुगेका उनीहरुले मुलुकको विद्यमान व्यवस्था र देश र जनताको भोग्नुपरेका समस्या समाधान हुनेगरी नीतिगत निर्णय लिन सो बैठक सफल हुने प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा पनि सो बैठकले ठोस निर्णय लिने बताएका छन् । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले व्यवस्थामाथि भईरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्न पनि महासमिति बैठकले सफल हुने बताउनु भयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, ‘१४ औ महासमिति भेलाको हामी संघारमा छौं । र यो भेलाबाट हामीलाई पूर्णरुपमा विश्वास छ– हरेक महासमिति भेलाले देशका सबै संकटहरुलाई पार लगाएको छ । र अहिले संकटको घडीमा मुलुकमा आर्थिक मन्दीदेखि लिएर नेपाली जनतामा जुन निराशा छाएको छ । यो हाम्रो जुन चार दिने महासमिति भेला छ । यसले फेरी पनि निराश भएका नेपाली जनतालाई ऊर्जा दिन यो महासमिति भेला सफल हुनेछ । पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा हामीलाई पूर्णरुपमा विश्वास छ । व्यवस्थामाथि जुन चौतर्फी रुपमा प्रहारका कोशिसहरु भएका छन् । यो भेलामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाएर लैजाने कुरामा हामी सबैलाई पूर्ण विश्वास छ । ’

अर्का महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्वपूर्ण हुने बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने विषयमा पनि नेपाली काँग्रेसले सो बैठकबाट ठोस निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

महासमित सदस्य कनौडियाले भन्नुभयो, ‘यो महासमितिबाट जनताको जुन अपेक्षा छ नि । अहिले नेपाली काँग्रेसले नीतिगत अवधारणाहरुमा प्रष्ट हुनुपर्नेछ । अहिले कुनै पनि स्टेबल गोरर्मेन्ट बन्न सकिराखेको छैन समानुपातिकले गर्दाखेरी । त्यसको स्टेविलिटीको बाटो के हुनसक्छ ? हिन्दु राज्यको बारेमा पनि मुद्दा छ । अन्य थुप्रै मुद्दाहरु संगठन अन्तर्गत केही मान्छेहरुले पटकपटक अवसर पाइरहने, अरुले नपाउने, नहुने, संगठित सदस्यहरुबारेको विवाद समाधान गर्नुपर्ने जनताको र कार्यकर्ताको अपेक्षा छ । ती समस्या सम्बोधन होस भन्ने अपेक्षा गरेका छांैं ।’

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अंगिकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिनुभयो । उहाँले जनताको समस्या समाधान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि स्पष्ट दृष्टिकोण बनाउन बैठक फलदायी हुने बताउनु भयो ।

महासमिति सदस्य श्रेष्ठले भन्नुभयो, ‘देशमा विद्यमान अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुरालाई निस्तेज पार्दै समृद्ध नेपाल बनाउनका लागि यो महासमिति बैठकले काँग्रेसको नीतिगत सुधार गर्नेछ । जसले गर्दा नेपाली जनताले भोग्दै आएका कठिनाईहरुलाई न्युनिकरण गर्ने र समाजवादलाई परिस्कृत गर्ने खालका कुराहरु आउँछ । जसले पछाडि पारेका समुदायलाई पनि समेटेर यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

काँग्रेस महासमिति बैठक ४ दिनसम्म चल्नेछ ।