२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको हारपछि बेन स्टोक्सले भने – ‘अम्पायर कल’लाई हटाउनुपर्छ



अ+ अ-

एजेन्सी । भारतविरुद्धको तेस्रो टेस्टमा पराजयपछि इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले डिसिजन रिभ्यु सिस्टम (डीआरएस)बाट अम्पायरको कल हटाउन माग गरेका छन् ।

तेस्रो टेस्टको दोस्रो इनिङ्समा ज्याक क्राउलीलाई एलबीडब्लू आउट गर्ने निर्णयले स्टोक्स निराश भएका थिए । यसै कारण उनले डीआरएस नियम परिवर्तन गर्न माग गरेका छन् ।

राजकोटमा भएको यो खेलमा भारतीय टोलीले कीर्तिमानी ४३४ रनले जित निकाल्दै ५ खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । चौथो खेल २३ फेब्रुअरीबाट राँचीमा हुनेछ ।

खेलपछि स्टोक्स र इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याकुलम म्याच रेफ्री जेफ क्रोसँग कुरा गरिरहेको देखियो ।

स्टोक्सले भने, ‘रिप्लेमा बल स्टम्पभन्दा बाहिर निस्किरहेको थियो । यस्तो अवस्थामा जब अम्पायरको कलको निर्णय आयो, हामी अलिकति छक्क पर्यौं । त्यसोभए हामीले हक–आइका मानिसहरूबाट स्पष्टता चाहन्थ्यौं । त्यसमा रेफ्रीले संख्याका आधारमा बल स्टम्पमा लाग्ने पक्का भए पनि प्रक्षेपण गलत भएको बताए । मलाई थाहा छैन यसको अर्थ के हो । यसका लागि मैले कसैलाई दोष लगाएको होइन । मलाई थाहा छैन के भइरहेको छ ?’

राजकोट टेस्टमा इंग्ल्याण्डका ओपनर ज्याक क्राउली एलबीडब्लु भएका थिए । जसप्रित बुमराहले उनलाई ९औं ओभरको दोस्रो बलमा प्याभिलियन पठाए । क्राउलीले २६ बलमा ११ रन बनाउन सके ।