काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासको डिफेन्स टिमले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकालाई चिकित्सा सम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरेको छ । सहयोग स्बरुप उपलब्ध गराईएका सहयोग सामाग्रीहरू नगरपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरूको प्रयोगका लागि वितरण र व्यवस्थापन हुने छ ।
दूतावासको डिफेन्स टिमले विपद् व्यवस्थापनको लागि सोही स्थानमा भविष्यमा हुने तालिम र सामाग्री हस्तान्तरणको बिषयमा पनि छलफल गरेको छ ।
नेपालस्थित अमेरिकी मिशन नेपाली जनताहरूको कोरोनाविरूद्धको लडाईमा निरन्तर सघाउन र भविष्यमा आउने विपद्को अझै उपयुक्त पूर्वतयारीमा मद्दत गर्न पाउँदा गर्व महशुस भएको दूतावासले जनाएको छ ।











