२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

महिलालाई मृत्युपछि पनि वेदना

महिलालाई  मृत्युपछि पनि वेदना
अ अ+ अ-

काठमाडौं । एक जना महिलाले हात जोडेर भनिछिन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’ किन र मृत्युपछि त लुगा फुकालेर, सफा गरेर अनिमात्र चितामा राख्ने संस्कार छ। फेरि मृत्युपछि त तिमीलाई केही थाहा हुन्न नि भनेर सोध्दा उनले जवाफ दिइन्, ‘मैले अहिलेसम्म लुकाएर राखेको मेरो खसेको पाठेघर सबैले देख्छन् अनि त मेरो आत्मालाई पनि शान्ति हुनेछैन त्यसैले।’

एक संस्थामा कार्यरत कल्पनाले मलाई उनको दुःखद कथा  सुनाइन्। यी सुदूर पश्चिमकी एक महिलाले जस्तै  मृत्युपछि पनि आफ्नो खसेको पाठेघर देखाउन नचाहने, लाज र पीडाको भार बोकेर बसेका धेरै महिलाहरू नेपालमा छन्। तर तिनीहरूको ब्यथा कथा सुन्ने र तिनलाई समाधान गर्ने फुर्सद र धैर्यता स्वास्थ्य मन्त्रालयसँग छैन।

पहाड र तराईको महिलामा यस्ता वेदना थुप्रै छन्। कसैले पोख्छन्, कोही लुकाएर बस्छन् र त्यसैसँग चितामा जान चाहन्छन्।  महिलाको पाठेघर झर्ने समस्याको बारेमा छलफल गर्दा उनीहरूको बेदनाको अर्थात पाठेघर खस्ने कारण वा मूल जरो खोज्न छाडेर केवल ‘पाठेघर खसेको समस्या मात्र’ समाधान गर्नुपर्छ भन्दै शल्यक्रिया गरिन्छ। 

समस्या भएपछि शल्यक्रिया र उपचार त अवश्य नै चाहिन्छ। तर समस्याको जरो नहटाए आउँदा वर्षसम्म खसेको पाठेघरको शल्यक्रिया मात्रै गरेर समस्या सामाधान हुँदैन। पाठेघर खस्ने समस्या केवल औषधि, अस्पताल, शल्यक्रिया भएर मात्र ठिक हुँदैन। यसलाई महिलाको सामाजिक अवस्थासँग नै जोडेर  हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालय  रोगको उपचार मात्र गर्न खोज्छ तर रोगको जरो निमिट्यान्न पार्न खोज्दैन।

गाउँघरमा त महिलालाई ‘गोरू जस्तै जोतेर’ काममा लगाउने प्रवृत्ति विद्यमान छ। महिलाले कम खाए पनि हुन्छ भनेर नै किशोरीको शरीर कमजोर हुन्छ र यहीँबाट शुरू हुन्छ उनको पाठेघर झर्ने समस्या।

करिब १५ वर्ष अघिको कुरा हो, हामी अछामको मंगलसेनमा हिँडिरहेका थियौं। बाटोमा धेरै महिलाहरू सिमेन्ट बोकेर माथितिर लागिरहेका देखिन्थे। त्यो बेलामा लाहुरे पुरूषहरू हातमा रेडियो लिएर सुन्दै थिए।

‘ओहो तपाईँहरू यस्तो सिमेन्ट लिएर ५–६ घण्टा हिँडेर आउनुभयो। गाह्रो हुन्न र,’ ती श्रमिक महिलामध्ये एकलाई सोधेँ। ‘गाह्रो भए पनि के गर्नु हाम्रो जिन्दगी नै यस्तै छ,’ खुइय सास फेर्दै ती महिलाले जवाफ दिइन्।

त्यहीँ भेटिएका एक जना भद्र भलाद्मी जस्तो देखिने मानिसलाई सोध्यौं, ‘यति माथिसम्म यस्तो भारी ल्याउन त खच्चर लगाए पनि हुन्छ होला निरु’ रेडियो कानमा लगाएर, एउटा छाता ओडेर ती भलादमीले सहजै जवाफ दिए, ‘खच्चरले ल्याउँदा महंगो पर्छ। घरकै आइमाईहरूले बोके सस्तो हुन्छ। फेरि यी महिलाहरूको खासै काम पनि त छैन। त्यति भारी त बोकिहाल्छन् नि।’

ती भलादमीको कुराले मन झसंग भयो। महिलाहरूको जीवनको मुल्य त खच्चर भन्दा पनि कम रहेछ। यसरी सुदूर पश्चिममा महिलाले भारी बोकेको देखेरै भनिएको होला, ‘तराईमा गोरू नहुनू, पहाडमा महिला नबन्नू।’

खच्चडभन्दा बढी भारी बोक्नुपर्ने महिलाको सामाजिक मानसिकताले महिला, किशोरी, युवतीहरू गर्भवती हुँदा सुत्केरी हुँदा पनि कठोर शारीरिक काम गरिरहनुपर्ने बाध्यता छ, अनि पाठेघर खसिरहन्छ।