२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै

ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै
अ अ+ अ-

–दिलकुमार लिम्बू 

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक पालुङ्वा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–३ पालुङ्वा चोकमा रहेको पालुङ्वा दरबारको संरक्षणमा तथा प्रवद्धर्नमा राज्यका निकाय तथा सम्बन्धित पक्षबाट पनि समेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।  

संरक्षणकै अभावमा १५० वर्षअघि निर्माण भएको सो दरबारको संरचना दिन प्रतिदिन भत्किँदै गएको उनीहरुले बताएका छन् । दरबारको संरक्षण साथै प्रवद्र्धन गरिएमा पर्यटकीय गन्तव्यसमेत बन्नसक्ने उनीहरुको बुझाइ रहेको छ । आजभन्दा १६१ वर्षअघि अर्थात् विसं १९१६ मा धर्मजीत पालुङ्वाले सो दरबार निर्माण गर्नुभएको हो । 

हुकुमी शासन चल्ने त्यसबेलाको समयमा धर्मजीतले आफ्ना भाइभारदारमा शासन चलाउन उक्त दरबार बनाउनुभएको बताइन्छ । हाल झिङ्गटी ९घर छाउने इँटा० ले छाएको छाना भत्किँदै गएको छ । छाना भत्किएका कारण वर्षात्मा पानी चुहिएर काठ मक्किन थालेको छ । अहिले सामान्य सरसफाइभन्दा अन्य संरक्षणसम्बन्धी कुनै काम नभएको स्थानीयवासी सूर्यबहादुर पालङ्वाले बताउनुभयो । 

सूर्यबहादुर सोही दरबार निर्माणकर्ता धर्मजीतका पाँचौँ पुस्ताका सन्तति हुनुहुन्छ । उहाँका पिता–पुर्खाले नै दरबारको संरक्षणमा ध्यान नदिँदा संरचना थप जीर्ण बन्दै गएको हो । एउटा जेलघर कोठा (हिरासत), छ ढोका, पाँच झ्याल र १४ वटाभन्दा बढी खोपी रहेको दुईतले दरबारको संरचना धराप बन्दै गएको उहाँको भनाइ छ । 

संरचना धराप बन्दै गएपछि जस्तापाताको छाना र बारबेरासहित छाल्की बनाएर त्यहीँ बस्दै आएको पनि उहाँले बताउनुभयो । उहाँले आफ्नो पुर्खाले बनाएको संरचनालाई पछिल्लो समयमा मात्र ‘पालुङ्वा दरबार’ का रुपमा चर्चा हुन थालेको पनि बताउनुभयो । उहाँका अनुसार पालुङ्वा दरबारको चर्चा हुन थालेपछि भने संरक्षण गर्नुपर्ने प्रसङ्ग उठ्न थालेको हो । पछाडि स्थापना भएको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानले दरबारको संरक्षणमा अहिले चासो दिँदै आएको बुझिएको छ । दरबारको स्वामित्व प्रतिष्ठानलाई हुने गरी पहल भइरहेको पनि बताइएको छ ।

प्राचीन इतिहास बोकेको पालुङ्वा दरबारको संरक्षणका लागि चालू आर्थिक वर्ष २०७७/७८ मा भने रकम विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागबाट दरबारको संरक्षण योजनामा रु २० लाख रकम विनियोजन भएको बताइएको छ । विभागबाट विनियोजित सो रकमको कार्यान्वयन गर्न भने अझै कुनै काम शुरु भएको छैन । 

दरबार संरचना भएको जमीन व्यक्तिका नाममा भएकाले बजेट कार्यान्वयनमा समस्या रहेको फुरुम्बो पालङ्वा वंश प्रतिष्ठानका सदस्य हर्कराज पालुङ्वाले बताउनुभयो । दरबार संरक्षणका लागि सरकारी निकायबाट प्राप्त भएको रकम कार्यान्वयन गर्नलाई प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन एक समिति नै निर्माण गरेर लागिपरेको पालुङ्वाले बताउनुभयो । पालुङ्वा समुदायको इतिहास बोकेको दरबारको संरक्षण भएमा आफ्नो समुदायको प्रतिष्ठासँगै ऐतिहासिक स्थलका रुपमा स्थापित हुने उहाँको बुझाइ छ । रासस