११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमको सिइओ पदका लागि १७ जनाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक (सिइओ) पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

दरखास्त निवेदन पेश गर्नेहरूमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्ण प्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, चण्डिका प्रसाद भट्ट, उमेश प्रसाद थानी, पंकज कुमार दास, हरिवंश आचार्य, आनन्द प्रसाद चन्द, भुपेन्द्र प्रसाद अर्याल र सञ्जय कुमार रहेका छन् ।

२०७५ पुस २३ को मन्त्रीपरिषद् बैठकको निर्णयअनुसार कार्यकारी पदमा नियुक्त भएका सुरेन्द्र पौडेलले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद खाली भएको थियो । 

रिक्त कार्यकारी पदका लागि आपूर्ति मन्त्रालयले पुस २५ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो ।