१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस बचाउन चुरे संरक्षण आवश्यक छ: अध्यक्ष डा.पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेस बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको चुरे संक्षरण सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मधेस बचाउनको लागि सरकारले सबै भन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष पौडेलले चुरे संरक्षणको लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गर्नुभयो । उहाँले चुरे जोगाउनको लागि सबै भन्दा पहिला पहाडमा खोला क्षेत्रमा वृक्षारोपण गरी माटो बग्न रोक्नुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि पहाडका नदि किनारमा बाँस तथा वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न आवश्यक रहेको बताउनु भयो । वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न त्यस क्षेत्रका मानिसहरुलाई जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष पौडेलले १० अर्ब खर्च गरेर बाटो निर्माण गर्दा फालिएको माटो सरकारले दिएको १ अर्ब रुपैयाँ खर्च गरेर चुरे संरक्षण गर्न नसकिने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले दिने बजेटले चुरे संरक्षण गर्नसक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले चुरे संरक्षण गुरु योजनाले हरेक वर्ष १५ देखि २२ अर्ब रुपैयाँ आवश्यक हुने आँकलन गरेको भएपनि समितिले एक अर्ब रुपैयाँ मात्रै बजेट पाएको बताउनु भयो । उहाँले सबैको व्यवहार परिवर्तन नभएसम्म चुरे संरक्षण हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालका पहाडका जति पनि बाटाहरु बनेका छन् । ती हजारौं किलो मिटर होलान । ती सबै खनेको छ । खोलामा फालिएको छ । राष्ट्रिय गौरवका आयोजनाले बनाएका गौरवका सडकहरुका बाटो पनि खोलामा नै फालिएको छ । सडक खनेर फालिएको बाटोले दुई सय घर बगाएको थियो । अनि चुरेले हेरेको छ के भन्दै प्रश्न गर्न मिल्छ । १० अर्ब खर्च गरेर फालेको बाटो एक अर्ब पैसा दिएर संरक्षण हुन्छ । गत आर्थिक वर्षमा सरकारले साढे दुई अर्ब पैसा थियो । ५० अर्बका आयोजना माग भएको थियो । हामीसँग चुरे संरक्षणको गुरु योजना छ । २०७४ सालमा बनेर लागू भएको छ । यो योजनाले हेरक वर्ष चुरे संरक्षणमा १५ देखि २२ अर्ब पैसा चाहिन्छ भनेको छ । त्यो पनि २०७२ सालको महँगीलाई आधार मानेर ।’

‘अहिलको आधारमा भन्ने हो भने १५ भए ठाउँमा २५ र २२ लाई ३२ गर्नुपर्ने भयो होला । तर सरकारबाट संरक्षण समितिले एक अर्ब पैसा पाएका छौं । एक अर्ब पैसा ३७७ जिल्ला,३२५ पालिका र ३ हजार दुई वडामा ६६ करोड बराबरको योजना दिनुपर्‍यो भनेर माग गर्नुभएको थियो । हामी सबैको व्यवहार परिवर्तन नगरी चुरे संरक्षण हुँदैन । चुरे संरक्षण गर्न राखिएको पैसा बोर्डर संरक्षणमा जान्छ । हरेक वर्ष २ नदीको दुवैतिर एक–एक मिटर वाल उठाउनुपर्छ । पहिरो रोक्न दिनेकी हरेक वर्ष वाल उठाउँदै जाने भन्ने राजनीतिक प्रतिवद्धता चाहिन्छ । सत्तामा हुने नेतृत्वको भुमिका हुन्छ । चुरेमा वृक्षारोपण गर्ने,पोखरीहरु बनाउँदा संरक्षण दिगो हुन्छ भनेका छौं । चुरे क्षेत्रका हरेक नदिमा ५० लाखका दरले बाँस रोप्नुपर्छ । कम्तिमा २५ हजार हेक्कटर बाँस रोप्नुपर्छ । बाँसले माटो अन्य विरुवाको भन्दी बढी रोक्छ । दुई वर्ष भयो सहयोगी दाता फाइनल भएको थियो । तर उनीहरु गयो । ५० मिलियन डर बाँस रोक्न प्रतिवद्धता थियो । सरकारसँग स्वीकृती लिन दुई वर्ष लाग्यो ।’

उहाँले चुरे संरक्षणको लागि राजनीतिक प्रतिवद्धता पनि आवश्यक भएको बताउनु भयो । उहाँले राजनीतिक प्रतिवद्धता र सत्तामा भएको नेतृत्वको भुमिका बिना चुरे क्षेत्रको संरक्षण हुन नसक्ने देखिएको उल्लेख गर्नुभयो । उहाँले चुरेमा वृक्षारोपण गर्ने, पोखरीहरु बनाउँदा मात्रै चुरे संरक्षण दिगो हुने बताउनु भयो । उहाँले चुरे क्षेत्रका हरेक नदीमा ५० लाखका दरले बाँस रोप्न आवश्यक रहेको बताउनु भयो ।