काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई सुन्दर बनाउने नाममा जथाभावी कंक्रिटको प्रयोग गरेको भन्दै नागरिक समाज र सम्पदा बचाउ अभियानले निर्माणधिन संरचना भत्काई दिएका छन् ।
लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन बिना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएको भन्दै सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाउदै आएका थिए । बिरोधका बाबजुद पनि काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेपछि संरचनाहरु लाई भत्काईएको हो ।
काठमाडौंका गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा कमलपोखरी पनि एक हो । सीमसार क्षेत्र को संरक्षण गर्दे परम्परागत मौलिकतामा नै कमलपोखरीको निर्माण गर्नुपर्ने माग गर्दै अभियन्ताहरुले मार्चपास पनि गरेका छन् ।
कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीच भागमा बनाइएको कंक्रिट संरचना भत्काउन खोज्दा सुरक्षाकर्मी संग ठेलमठेल समेत भएको छ । सम्पदा र पर्यावरणका बारेमा चासो राख्नेहरुले महानगरपालीकाले रानिपोखरी निर्माणबाट पनि पाठ नसिकेको भन्दै दवाब अभियान जारी जारी राख्नु पर्ने बताएका छन् ।
















