२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’विरुद्ध क्यानडाले १८ ओभरमा ४ विकेट गुमाएर ७३ रन बनायो



अ+ अ-

काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११विरुद्ध नेपाल ‘ए’ले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपाल ‘ए’ ले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा १८ ओभरमा ७३-४ को स्थितिमा छ ।

क्रिजमा नवनित धलिवल ४५  बलमा ४४ रन जोडेर खेलिरहेका छन् । निखिल दत्तले २७  बलमा ८ रन जोडेका छन् ।

खेलको तेस्रो ओभरमा सृमन्थ विजयरत्ने प्रतिश जिसीको बलमा ५ रन जोड्दै मयन यादवबाट क्याच भएका थिए ।

चौथो ओभरमा आरोन जोन्सन राशीद खानको बलमा २ रन जोडेर क्याच आउट भए । दशौं ओभरमा साहब आलमले लगातार दुई विकेट लिए। उनले ९.४ ओभरमा दिलिप्रितलाई एलबीडब्लु धरापमा पारेका थिए । लगत्तै उनले अर्को बलमा हर्ष ठाकरलाई बोल्ड गरे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।